आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर सामुदायीक सकृय साकोषको अध्यक्षमा पुनः दुर्गा रिजाल

AuthorAP Khabar २०७५ आश्विन २०, शनिबार ( ५ साल अघि) ५६० पाठक संख्या

AP डेस्क
सिमरा, २० असोज : जीतपुर सामुदायीक सकृय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दुर्गा कुमारी रिजाल निविरोध निर्वाचित हुनुभएको छ । संस्थाको ११ औँ साधारण सभाले रिजाललाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
शनिवार संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रमले संस्थाको उपाध्यक्षमा लक्ष्मी नारायण चौधरी, सचिवमा चन्दा साह, कोषाध्यक्षमा रञ्जन यादबलाईपनि सर्वसम्म चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुरज हजरा, मिश्रा ढुङ्गाना, रिमा देवि, रिना चौधरी, सावित्रीदेवि शर्मा लगाएत रहनुभएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा सावित्रीदेवि पिपले, सदस्यामा सुनैना देवि रहनुभएको छ । यसैगरी ऋण उपसमितिको संयोजकमा जगदिश बानिया रहनुभएको छ ।
दुर्गा कुमारी रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शोभा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ता जीतपुरसिमरा उपमहानगरपालिका सहकारी प्रमुख गोपाल खपाङ्गी, समाजसेवि देवनारायण चौधरी, राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख गोविन्द ओझा, सशस्त्र प्रहरी बेस क्याम्प जीतपुरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश पौडेल लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सम्भु रामको सहजिकरणमा सम्पन्न कार्यक्रममा लक्ष्मीनारायण चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस