आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सरकारले सहकारी मैत्री एने ल्याउने

AuthorAP Khabar २०७५ आश्विन २०, शनिबार ( ५ साल अघि) ४१७ पाठक संख्या

AP डेस्क
पथलैया, २० असोज  : प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्गले प्रदेश सरकार र जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी मैत्री कानुन निर्माण गर्न लागेको बताउनुभएको छ । बाराको पथलैयामा रहेको संगसंगै बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सहकारीले महिलालाई स्वरोजगार बनाउने भएकोले राज्ष्ले लिएको तिन खम्बे निलीको आधारमा सहकारीको मार्फत समाजिकर रुपमान्तरणका काम गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो । साथै उहाँले पथलैया जस्तो सानो ठाउँबाट उदाएको संगसंगैले अन्य क्षेत्रमा समेत कार्यविस्तार गर्दै जान सकोस भन्दै शुभकामना समेत दिनुभयो ।
उद्घाटन कार्यक्रममा पूर्व सांसद मधु शाही ठकुरी, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने लगायतको उपस्थिति रहेको थियो । साधारण सभाका अवसरमा सहकारीले उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट बचतकर्ताहरुलाई समेत सम्मान गरेको थियो ।
साधारण सभामा आर्थिक बर्ष २०७४ र ७५ को कार्यप्रगतिको समिक्षा एवं चालु आवका नीति तथा कार्यक्रम सस्थाका अध्यक्ष तुलबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सचिव मदनराज कंसाकारले कार्यक्रमको सहजीकरण गरेका थिए । साधारण सभाले पुरानौ संचालक समितिलाई निरन्तरता दिदै संचालक समिति सदस्यमा केशव धौजुलाई चयन गरेको छ भने लेखा समितिमा मिना लामा, दिपक कार्की र मञ्जु भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस