आज:  २०८२ बैशाख ११, बिहिबार | Thu, 24, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

विदेशी चलखेलका कारण नेपालको लोक्तन्त्र माथि खतारा

AuthorAP Khabar २०७५ आश्विन २०, शनिबार ( ६ साल अघि) ७११ पाठक संख्या

AP डेस्क,  २० असोज : प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्रि बिजय यादबले यस प्रदेश भित्र रहेका सहकारीहरुसंगको सहकार्यमा मात्र सहकारी एने ल्याउने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि।को ११ औँ वार्षिक साधारण सभालाई सम्बोधनm गर्दै उहाँले सञ्चायत कालमा ल्याइएको ऐन जनतालाई मान्य नभएकोले अहिले नयाँ ऐन बनाउने काम थालिएको जिकिर गर्दै योजना मन्त्रि यादबले सबैलाई मान्य हुने गरी प्रदेश सरकारले सहकारी ऐन ल्याउने जिकीर गर्नुभयो ।
उहाँले विदेशी चलखेलका कारण नेपालको लोक्तन्त्र खतारामा रहेको बताउदै केहि शक्तिहरुलाई देशलाई पुनः २२ र २४ राज्य भएको जस्तो बनाउन लागको प्रति आपति प्रकट गर्नुभयो । “यो देश नेपालीको, आदिवासि जनजातिको रहेको तर यहाँ विदेशीहरुले खेल्ने प्रयास गरेकोले अब नेपालीहरु सजग हुनपर्छ” मन्त्रि यादबको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभासदस्य सुन्दर विकले सहकारीलाई संविधानले तिनै तहको सुचीमा राखेको हुदाँ सबैको खिचातानीमा सहकारीको मर्म खतरामा पर्ने कुरामा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले जनताबाट संकलित पैसाबाट ब्याच किन्ने परम्परालाई अन्त गर्न र ब्याज घटाउन आग्रह समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा। कृषण पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ बाराका अध्यष सत्येन्द्र ठाकुर लगाए विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
संजय साहको सहजिकरणमा सम्पन्न कार्यक्रममा स्वगत मन्तब्य सुसिला आचार्य, धन्यावाद ज्ञापन दिपक भट्टको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस