आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधिकार तथा शान्ति समाज बाराको १५औं बार्षिक साधारणसभा सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन २०, शनिबार ( ५ साल अघि) ५५३ पाठक संख्या

सिमरा, २० असोज : मानव अधिकार तथा शान्ति समाज बाराले जगत मुखी, जीवनमुखी, सेवा मुखी भन्ने नाराका साथ आफ्रनो १५औं बार्षिक साधारणसभा शनिबार सिमरामा सम्पन्न गरेको छ ।

मानव सेवा आश्रम हटौंडाका प्रमुख रामजी अधिकारीले सभाको उद्घाटन गर्नु भएको हो । अधिकारीले मानवले शान्ति प्राप्त गर्न कुरा भन्दा पहिले ब्यवहारमा परिवर्तन गर्नु पर्ने बताउनु भयो ।

प्रमुख अतिथी समेत रहनु भएका अधिकारीले भन्नभयो “हिंश्रक ब्यवहार प्रर्दशन गर्ने वातावरण सृजना हुन नदिन सरकार र नागरिक सबैले भुमिका खेल्नु पर्ने हुन्छ । एउटाले अर्काको अस्तीत्व स्विकार गर्नु नै शान्ति प्राप्त गर्ने माध्यम हो ।”
त्यस्तै २ नं.प्रदेशसभा सदस्य शोभा लामाले मानव अधिकार तथा शान्ती समाजले अवलम्बन गरेका नीति उत्कृष्ठ भएको बताउनु भयो । मानिसले अधिकारका कुरा गरिरहँदा कर्तब्य पनी भुल्न नहुने वहाँको भनाई थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष हरि प्रसाद थपलिया,पूर्व केन्द्रिय सदस्य सीता अधिकारी ,शान्ति समाज बाराका पूर्व अध्यक्ष थीर बहादुर श्रेष्ठ, नेकपाका नेता राजन पौडेल, सिमरा कलेजका प्रमखु शालिकराम अधिकारी, राजपा नेपालका शिवजी साह सोनार ,होटल ब्यवसायी संघ बाराका मोहन लामिछाने, महिला संघ केन्द्रिय सदस्य नीरु रायमाझी लगायतकाले मन्तब्य राख्नु भएको थियो

सभाको कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बाराका उपसभापती पुष्पराज खतिवडाको स्वागत, पत्रकार एवं अधिकारकर्मी प्रकाश लम्सालको स्वागत तथा बारा सभापती रघुनाथ लामीछानेको अध्यक्षतामा सम्पन्ना भएको हो ।

प्रतिक्रिया दिनुहोस