आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती

AuthorAP Khabar २०७५ आश्विन २१, आईतबार ( ५ साल अघि) ६७३ पाठक संख्या

काठमाडौं, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गर्नुभएको छ । यसअघि पनि कुलपति रहनुभएका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति पुनः नियुक्त भएको हो । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गर्नुभएको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताउनुभयो । उहाले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने धारणा राख्नुभयो । (अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस