आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा सीके राउत पक्राउ

AuthorAP Khabar २०७५ आश्विन २१, आईतबार ( ५ साल अघि) ५११ पाठक संख्या

रौतहट, २१ भदौ : स्वतन्त्र मधेसको माग गर्दै हिडेका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ ।
जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए ।
राउतलाई राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस