आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा विमान स्थलमा हवाई सुरक्षा सम्बन्धि अभ्यास

AuthorAP Khabar २०७५ आश्विन २२, सोमबार ( ५ साल अघि) ६९२ पाठक संख्या
AP डेस्क असोज २२ : सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने संभाबित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरीएको छ । नेपाल नागरीक उड्यान प्राधिकरण हवाई सुरक्षा बिभागको आयोजनामा सोमवार सिमरा बिमानस्थलमा यो अभ्यास गरीएको हो ।
कुनैपनि आपतकालिन अवस्थामा सबै निकायहरुले तत्परताका साथ आफ्नो काम गर्न सकुन र भवितब्यमा हुने घटनाहरुमा न्युनतम जनधनको क्षती होस भन्ने उद्वेश्यका साथ यस कार्यक्रमको आयोजना गरेको नागरीक उड्यायन प्राधिकरणका निर्देशक शिशिर चित्रकारले बताउनुभएको छ ।
दुर्घटना जानकरी दिएर नआउने र दुर्घटना हुन नदिन हामी सधै तैयारी अवस्थामा बस्नुपर्ने कुरालाई यस अभ्यासले सिकाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताउनुभएको छ । उहाँले विमान स्थलमा आकस्मिक रुपमा हुने दुर्घटना हुनै नदिने यदि भैहाले भनेपनि त्यसबाट क्षती कम गर्ने अभ्यास गर्नुपर्छ र त्यही अभ्यासका लागि यो प्रशिक्षणको आयोजना गरीएको बताउनुभयो । भट्टराईले यस अभ्यासबाट विमान स्थलका साथै समग्र जिल्लाकै सुरक्षामा सहयोग पुग्ने विस्वास राखेको समेत जानकारी गराउनुभयो ।
जिल्लामा आपतकालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा यूनिटमा विमान स्थलको सुरक्षालाईपनि समावेस गर्नेगरी यस अभ्यासमा सिमरा विमान स्थलसंग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुख, स्वास्थ्य प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस