आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ह्युम पाईपले थिचेर गम्भीर घाईते चार मध्य एकको मृत्यु

AuthorAP Khabar २०७५ आश्विन २३, मंगलबार ( ५ साल अघि) ४७६ पाठक संख्या

तिवारी यादब
वीरगन्ज, असोज २२ : जिल्ला प्रहरी कार्यालय अगाडिको रातो बंगला नजिक थुपारिएको ह्युम पाईपले थिचेर गम्भीर घाईते भएका चारजना मध्य एकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकामा निर्माणधिन मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको ढल निर्माणका लागि प्रयोग हुने ह्युम पाईपमा खेल्ने क्रममा घाईते भएका चारजना बालबालिका मध्य रोहित चौधरीको मृत्यु भएको हो ।

कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युम पाईपमा खेल्दा पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ को गोविन्द चौधरीको अन्दाजी १० बर्षकी अनुष्का चौधरी र ४ बर्षकी छोरी अंकिता चौधरी वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट बस्ने राकेश यादवको अन्दाजी ९ बर्षकी आयुषा यादव र सोही स्थान बस्ने बालमुकुन्द राउतको छोरा अन्दाजी ८ बर्षका रोहित चौधरी घाईते भएका थिए । अनुष्काको दाया खुट्टा भाँचिएको र गम्भीर चोट पनि लागेको छ ।

अंकिताको टाउकोमा गम्भीर चोट र खुट्टा तथा ढाडमा पनि चोट लागेको छ । त्यस्तै आयुषाको बायाँ खुट्टा मुखमा र भित्री शरिरमा गहिरो चोट लागेको छ ।

रोहितको दायाँ हातमा र भित्री शरिरमा गहिरो चोट लागेको छ । चौधरी दिदीबहिनीको वीरगन्ज हेल्थ केयर अस्पतालमा र आयुषा यादव र रोहित चौधरीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा रोहितको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्य दुईजनालाई थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

एशियाली विकास बैंक, नगर विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा निर्माण भईरहेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाले निर्माण गर्ने ढल निकासको लागि प्रयोग गर्न ह्युम पाईप राखिएको थियो । आयोजना निर्माण गर्ने जिम्म कालिका र सीटीसी जेभीले लिएको छ । यसअघि पनि आयोजना निर्माण स्थल आदर्शनगरमा एकजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस