आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

AuthorAP Khabar २०७५ आश्विन २३, मंगलबार ( ५ साल अघि) ८५९ पाठक संख्या

कठमाडौँ, आश्विन २३ : राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले समर्थन फिर्ता लिने तयारी स्वरुप अल्टिमेटमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
सरकार सबै मोर्चामा असफल भएको राजपाको आरोप छ । मुलुकमा सुशासन कायम, बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको नेता यादवको भनाई छ ।
यस्तै पछिल्लो समय चाडबाडका मुखमा पेट्रोलियम पदार्थ, खाद्य पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्य बढाएर सरकारले जनतामा निरासा पैदा गरेको राजपाको आरोप छ । वर्तमान सरकारले संघीयतालाई असफलतातिर धकेलेको पनि नेता यादवको भनाई छ ।
संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने, प्रतिनिधिसभामा निर्वा्चित रेशम चौधरीलाई शपथ ग्रहण गराउनु पर्ने लगायत राजपाको माग छ । यसैबीच ज्ञापनपत्र बुझ््दै प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । (ई कान्तिपुर)

प्रतिक्रिया दिनुहोस