आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सांसद यादबद्वारा घाईतेलाई अार्थिक सहयोग

AuthorAP Khabar २०७५ आश्विन २३, मंगलबार ( ५ साल अघि) ५६७ पाठक संख्या

वीरगञ्ज, असोज 23 : वीरगञ्जको लाल बंगला परिसरमा ह्युमपाइपले च्यापिएर घाईते भएकाहरुलाई पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जनही २५/२५ हजार रुपैंया उपचार खर्च सहयोग गर्नुभएको छ ।

काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचाररत अनुष्का र अंकितालाई सांसद यादवले अस्पतालमै पुगेर मंगलबार बिहान सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । घाईते अर्की आयुषा यादवलाई २५ हजार र ज्यान गुमाएका मृतक रोहित राउत चौधरीका परिवारलाई ५० हजार रुपैया वीरगञ्जमा आएर सहयोग गर्ने सांसद यादवले जानकारी दिए ।

घटना लगत्तै सोमबार राति एक विज्ञप्ति जारी गर्दै सांसद यादवले घाइते तीन जना बालिकाको उपचार खर्चका लागि तत्काल जनही २५/२५ हजार रुपैया र मृतकलाई ५० हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस