आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ह्युम पाईप घटनाको बिषयमा अखिल र अखिल क्रान्तिकारीद्धारा प्रजिअलाई ज्ञपानपत्र

AuthorAP Khabar २०७५ आश्विन २३, मंगलबार ( ५ साल अघि) ५१० पाठक संख्या

वीरगंज,असोज २३  : सतारुढ दल नेपाल कम्युनिष्ठ पाटिको भातृ संगठन अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियु पर्साले ह्युम पाईपले च्यापिएर १ जना बालकको ज्यान गएको तथा अन्य ३ जना घाईते भएपछि दोषीलाई कारवाहीको माँग गर्दै पिडित परिवारलाई तुरुन्त राहतको व्यवस्था मिलाउन माँग गरेको छ ।
अनेरास्ववियु ९क्रान्तिकारी० का केन्द्रिय सदस्य ईश्ककुमार ,महम्द जुबेर आलम र अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई ज्ञापन पत्र बुझाउदै उक्त माँग गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बंगला दरबारमा सोमबार कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युम पाईपमा खेल्ने क्रममा गम्भिर घाइते भएका वीरगन्ज ९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको छ ।घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षका रोहीत राउत चौधरीको मृत्यु भएको हो ।

घाइते ३ जना मध्येका वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका छन ।भने रगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस