आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुरमा सुपथ मुल्यको पसल

AuthorAP Khabar२०७५ आश्विन २५, बिहिबार (५ साल अघि) ५०५ पाठक संख्या

AP संवादाता
जीतपुर २५ असोज  : बाराको जीतपुरमा पहिलो चोटी जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले दैनिक उपभोग्य बस्तुको सुपथ मुल्यको पसल बिहिबार सञ्चालनमा ल्याएको छ । दसै, तिहार र छठलाई लक्षित गर्दै महङगीले जनजीवन प्रभाबित भईरहेको समयमा सस्तो मुल्यको पसलले केही हदसम्म भएपनि उपभोक्तालाई राहत मिल्ने जीतपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले बताउनुभयो ।
नगर उद्योग बाणिज्य संघले आफनो समाजिक उत्तरदायित्व अन्तर्गत गर्न लागेकोे सुल्भ मुल्यको पसल चार दिनसम्म चल्ने सुपथ मुल्यको पसलको संयोजक मनोज गुप्ताले जानकारी दिनुभएको छ । जसमा दाल ,चामल ,चिनी ,तेल, चियापत्ती, डिटरजेन्टर पाउडर लगायतका दैनिक उपभोग्य गुणस्तरीय सामग्रीहरु बजारको मुल्यभन्दा सस्तो मुल्यमा पाईने संयोजक गुप्ताको भनाई छ ।
सुपथ मुल्यको पसललाई बिहिबार जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले रिबन काटी पसलको उदघाटन गर्नुभएको छ । कार्यक्रमको उदघाटन क्रममा बोल्नु हुँदै प्रमुख डा.पौडेलले जीतपुरसिमरामा समय समयमा हुने बिभिन्न किसीमका मेला तथा हाट बजारले यहाँ स्थित उद्योग, ब्यवसायमा टेवा पु¥याई समृद्धिको यात्रामा सहयोग पुरयाउने बताउनुभयो ।
नगरउद्योग बाणिज्य संघका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, नगर उद्योग बाणिज्य संघको निबर्तमान अध्यक्ष घनश्याम गिरी, बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव शिव जी साह सोनार, नेकपाका राजन पौडेल, देवनारायण चौधरी लगाएको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन उद्योग बाणिज्य संघका गिता शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस