आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महिला बचत तथा ऋण सहकारीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

AuthorAP Khabar २०७५ आश्विन २५, बिहिबार ( ६ साल अघि) ६९८ पाठक संख्या

AP डेस्क
सिमरा, असोज २५  : जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्ती चौधरीले महिलाको आर्थीक स्तरमा सुधार ल्याउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभएको छ । बाराको सिमरा स्थित सिमरा महिला बचत तथा ऋण सहकारीद्वारा अयोजीत शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घरमा यतीकै समय बिताईरहेका महिलाहरुलाई स्वरोजगार बनाई उनहिरुको आर्थिक स्तर बृद्वि गरेको बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उपप्रमुख चौधरीले जीतपुरसिमरा उपमहानगरपालिकाले महिलाको लागि गर्नुपर्ने जति अहिलेपनि गर्न नसकेको बताउदै आउदो दिनमा समाजमा पिछडीको महिलाको स्तर उन्नतीका लागि विशेष योजना बनाइर अगाडी बढने जानकारी दिनुभयो ।
सिमरा महिला बचत तथा ऋण सहकारीका अध्यक्ष अनितालम्साल अधिकारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमरा महिला बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष पुण्यवती कडेल, जनकल्याण साकोषका मधुसुदन सिटौला, हातेमालो साकोसका अध्यक्ष यज्ञ बहादुर आले, शान्ति समाज बाराका अध्यक्ष रघु लामिछाने लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस