आज:  २०८२ जेष्ठ ५, आईतबार | Sun, 18, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

६३ औँ प्रहरी दिवस २०७५ को अवसरमा सिमरामा ‘स्लो बाइक रेस’

AuthorAP Khabar २०७५ आश्विन २५, बिहिबार ( ६ साल अघि) ४७० पाठक संख्या

AP डेस्क
जीतपुर, २५ असोज : जील्ला ट्राफिक प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त आयोजनामा बाराको सिमरामा ‘स्लो बाइक रेस’ प्रतियोगीताको आयोजना गरेको छ । प्रतियोगीतामा सिमराका विष्णु अधिकारी प्रथम, विनोद कुमार देवकोटा द्धितीय र राजन उप्रती तृतीय भएका छन् ।
‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने नाराका साथ ६३ औँ प्रहरी दिवस २०७५ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरीएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।
६० जना सहभागी रहेको यस ‘स्लो बाइक रेस’ प्रतियोगीताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कुष्ण पौडेलले सिटी फुकेर गर्नुभएको थियो भने जील्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रहरी निरिक्षक विकास बमले कार्यक्रमको नियमको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस