आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वामदेव काठमाडौं ७ बाट चुनाव नलड्ने

AuthorAP Khabar २०७५ आश्विन २६, शुक्रबार ( ५ साल अघि) ४६१ पाठक संख्या

काठमाडौं, असोज २५ : चतर्फी आलोचनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टी सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरे ।
तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा परे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।
चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गरेका थिए ।
नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् । नेकपाको उच्च स्रोतले भन्यो, ‘पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि गौतम स्वयंमले काठमाडौं ७ बाट चुनाव लड्दिन भन्नु भएको छ ।’
र्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा थिए । सुरुमा उनले डोल्पाका धनबहादुर बुढालाई राजीनामा दिन सहमत पनि गराएका थिए । तर, बुढा पछि हटेपछि गौतमले दैलेख र बाँकेतिर आँखा लगाए ।
सबैतिर सकारात्मक वातावरण नबनेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराएका थिए । तर, यो प्रयास पनि असफल भएको छ । (साभार अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस