आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिनीको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन

AuthorAP Khabar २०७५ आश्विन २६, शुक्रबार ( ५ साल अघि) ५८४ पाठक संख्या

काठमाडौं, असोज २६ : संसदको सार्वजनिक लेखा समितिले चिनीको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ नै कायम गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले उपसमितिको प्रतिवेदनका आधारमा सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ नै कायम गरी कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।

गत असोज १८ गतेको लेखा समितिको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाहरुले प्रतिवद्धता जाहेर गरे अनुसार चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ कायम भएको भन्दै समितिले त्यही निर्णयलार्ई कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन गरेको हो ।

लेखा समितिले चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने वातावरण मिलाउनका लागि आवश्यक बस तथा माइक्रोबसको व्यवस्था गर्नसमेत सरकारलाई भनेको छ । हवाइ यातायातलाई समेत सहज र सर्वसुलभ बनाउन र खाद्य लगायत दैनिक उपभोग्य वस्तु सुपथ मुल्यमा उपभोक्ताले प्राप्त गर्ने वातावरण मिलाउन निर्देशन गरेको छ ।

समितिले अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । वैठकमा समिति सदस्यहरुले चिनीको मूल्य व्यापारीले ९० रुपैयाँ वा एक सय रुपैयाँ लिए भने के गर्ने भन्दै प्रश्न गरेका थिए । उपसमितिको प्रतिवेदनका अन्य विषयबारे भने अर्को वैठकमा छलफल हुने समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस