आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सकारले जनताको चाहना अनुसार काम गर्न नसकेको कांग्रेस नेता सिटौलाको आरोप

AuthorAP Khabar २०७५ आश्विन २६, शुक्रबार ( ६ साल अघि) ६२७ पाठक संख्या
AP डेस्क
जीतपुर,असोज २६ : नेपाली कांग्रेका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले बर्तामान सकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सिमरा विमान स्थलमा पत्रकारहरुसंगको कुराकानिमा उहाँले संघियलोक्तान्त्रीक गण्तन्त्रात्मक संसदिय सासन ब्यवस्था बमोजीम नेपालमा आएको परिवर्तनलाई बहुमतको सरकारले आत्मसाथ गर्न नसकेको बताउदै बर्तामान सकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।
पुर्व गृहमन्त्री समेत रहनुभएका सिटौलाले देशै भरी महगाई, अपराधिक कृयाकलाप बढ्दै गएको बताउदै केन्द्रदेखि स्थानिय तहसम्मको सरकारको नेतृत्व गरीरहेको बर्तमान सरकारले केन्द्रिय सरकार संघिय ब्यवस्थाको पक्षमा नरहेको जिकीर गर्नुभयो ।
नेपाल प्रेस युनियन बाराले आयोजना गरेको पत्रकार सम्मलेनमा संचारकर्मिहरुको जिज्ञासाको जवाहफमा उहाँले बारामा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमान स्थललाई कुनैपनि बाहानामा अन्त सार्ने काम गर्न नहुने बताउनुभयो । साथै नेपाली कांग्रेसको पनि आधीकारीक निर्णय बारा नै रहेको बताउदै विमान स्थल निर्माणको बाहानामा जैविक विविधतामा असर पर्ने गरी कुनैपनि काम नगर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्रि एवम प्रतिनिधी सभाका सदस्य उमाकान्त चौधरी, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शोभा लामा लगाएत पार्टिका कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस