आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

AuthorAP Khabar २०७५ आश्विन २६, शुक्रबार ( ५ साल अघि) ५७० पाठक संख्या

काठमाडौं, २६ असोज : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई ३–१ ले पराजित गरेको हो । मनाङको जितमा हेमन गुरुङ र अफिज ओलावालेले गोल गरे । यता, ब्रिगेड ब्वाइजका लागि भने रजत तिवारीले गोल गरे ।
खेलको २९ औं मिनेटमा ब्रिगेड ब्वाइज क्लबका रजत तिवारीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डी बक्सबाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
४३ औं मिनेटमा मनाङले राम्रो अवसर पाएको थियो । तर मनाङले प्रहार गरेको बल ब्रिगेड ब्वाइज क्लबका सागर रायले रोकेका थिए । पहिलो हाफको अन्तिम समयमा अञ्जन विष्टले राम्रो अवसर पाएका थिए । तर, उनले बललाई नियन्त्रण लिन नसक्दा मनाङले बराबरी गर्ने मौका गुमायो ।
खेलको ४६ औं मिनेटमा नै मनाङका मिड्फिल्डर हेमन गुरुङले प्रहार गरेको बल डिफ्लेट भएर गोलमा परिणत भयो । कमल श्रेष्ठले खेलको ५१ औं मिनेटमा प्रहार गरेको बल ब्रिगेड ब्वाइजका गोलकिपर सागर रायले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको ५६ औं मिनेटमा अन्जन विष्टले प्रहार गरेको बलमा गोलकिपर सागर फेरी बाधक बनेका थिए । तर खेलको ५७ औं मिनेटमा भने मनाङले गोल गर्न सफल भयो । मनाङका लागि अफिज ओलावालेले गोल गर्दै २÷१ गोलको अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा हेमन गुरुङले प्रहार गरेको बल गोलकिपर सागरले उत्कृष्ट बचाउ गरेका थिए । यता, खेलको ७६ औं मिनेटमा ऋतिक खड्काले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएपछि ब्रिगेड ब्वाइजले बराबरी बनाउनबाट चुकेको थियो । त्यस्तै खेलको अतिरिक्त समयमा गोल ओलावालेले गोल गर्दै मनाङलाई ३÷१ गोलको जित दिलाए ।
त्यस्तै, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार नै भएको खेलमा हिमालयन शेर्पा क्लबले विभागीय क्लब एपीएफलाई बराबरीमा रोकेको छ । दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । (अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस