आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारीद्धारा आफ्ना महिला सदस्यलाइ सुत्केरी भत्ता वितरण

AuthorAP Khabar २०७५ आश्विन २७, शनिबार ( ५ साल अघि) ४९३ पाठक संख्या

जीतपुर

बाराको जीतपुरमा रहेको जीतपुर सामुदायीक सक्रिय सहकारी सस्थाले आफ्नो सदस्यलाइ सुत्केरी भत्ता बितरण गरेको छ । सहकारीले सदस्य प्रतिको उतरदायीत्व पुरा गर्ने क्रममा गढिमाइ नगरपालिकाको वडा नं. ५ बकुलिया बस्ने महिला सदस्य बिनीता चौधरीलाई सुत्केरी भत्ता बितरण गरेको हो ।
सस्थाको महिला सदस्यहरुलाइ दुइ सन्तान सम्म रु एक हजारका दरले सुत्केरी भत्ता दिने भएको निर्णयलाइ कार्यन्वयन गर्न चौधरीलाइ सुत्करी भत्ता प्रदान गरीएको सहकारीका सचिव एवम ब्यवस्थापक शम्भु रामले जानकारी दिएका छन् ।
सुत्केरीहरुको घरमै पुगेर सस्थाकी अध्यक्ष दुर्गा कुमारी रिजाल लगाएत सस्थाका अन्य सदस्यहरुले सुत्केरीलाइ अन्डा र हर्लीक्स दिइका थिए ।
२०६४ बाट सञ्चालनमा आएको सो सहकारी सस्थाले यस बाहेक सदस्यहरुको लागी विभिन्न शिर्षकमा भत्ता तथा समयमा सहयोगी कार्यहरु गर्दै आएको सचिव रामको भनाइ रहेको छ ।
फोटो क्यापसन ः सुत्केरी चौधरीलाइ भत्ता वितरण गर्दै संस्थाकी अध्यक्ष र ब्यवस्थापक

प्रतिक्रिया दिनुहोस