आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनताको चाहना अनुसार ओली सरकारले काम गर्न नसकेको राजपा नेता महतोको आरोप

AuthorAP Khabar २०७५ आश्विन २८, आईतबार ( ५ साल अघि) ५७० पाठक संख्या

जनकपुरधाम, असोज २८ : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले देश गम्भिर संकटमा रहेको बताउनुभएको छ । जनकपुरधाममा पत्रकारहरुसंग कुरा गर्दै राजपा नेता महतोले बर्तमान सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेकै कारण देश गम्भिर संकटमा परेको बताउनुभएको हो ।
उहाँले देशमा बढेको हत्या, हिंसा, बलात्कार, महँगी लगायतको समस्या सरकार समाधान गर्न नसकेको समेत आरोप लायनुभयो । दुई तिहाईको बहुमत पाएको सरकारले संविधान संशोधन लगायतको समस्या समाधान गर्ने विश्वास जनताले गरेपनि सरकारले गर्न नसक्नुका साथै देशमा शान्ति समेत कायम हुन नसकेको बताउदै मधेशी जनता मात्र नभई पहाड र हिमालका जनता पनि यो सरकारको रवैयाबाट असन्तुष्ट रहेको जिकीर गर्नुभयो ।
दुई तिहाईको शक्तिलाई सरकारले लोकतन्त्र माथि प्रहार गर्न, अपराधीलाई संरक्षण गर्न मात्रै खर्चिरहेको आरोप समेत महतोको छ । उहाँले प्रदेश सरकारलाई कानून र कर्मचारी उपलब्ध नगराएर संघीय सरकारले जनतामा संघियता फलदायी नरहेको भ्रम फैलाउनमा लागेको मसेत जिकीर गर्नुभयो ।
प्रेस मंच नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रका सम्मेलनमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महतोले जनकपुरधामलाई राजधानी मात्रै नभई नेपालकै सुन्दर शहर वनाउने कार्यका लागि काम सुरु भइसकेको वताउदै सांसद र्धैय गरेर बस्न सबै नगरवासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस