आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

AuthorAP Khabar २०७५ आश्विन २८, आईतबार ( ५ साल अघि) ५४७ पाठक संख्या

AP संवादाता
कलैया, असोज २८   : बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका˗३ नयकाटोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भनिने दिपक यादवको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।
बारा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ पर्ने हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई सार्वजनिक गरेको छ । प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ अपहरणपछी हत्या गरिएका दिपक गत बुधबार बेलुकी नजिकैको रानीबासमा लागेको मेला हेर्न हजुरबुबा सिताराम यादवसँग गएका थिए ।
मेला हेरेर घरफर्कीए लगतै उनी अपहरणमा परेका दिपकका काका गणेश राय यादवले बताए । बालकको शव मंगलबार अर्थात गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । मेला हेरेर फर्कीएका बालकलाई उनकै घरनजिकै मोटरसाइकलमा आएका दुई जनाले इथाइनल सुँघाएर अपहरण गरेका थिए । काका गणेशका अनुसार मेलाबाट आएलगतै घरबाहिर खेल्न निश्किएका बेला अपहरणकारीले बालकलाई पैसाको लोभ देखाई इथाइनल सुघाएर बेपत्ता पारे ।
पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो ।’ प्रहरीले अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दिपकले लगाएको बाला फेला परेको जनाएको छ । अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए । फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दिपकको हत्या गरेको काका गणेश राय यादवले बताएका छन् । पक्राउ परेका दुई आरोपितलाई मुलुकी अपराध (संहिता ऐन, २०७४ अनुसार कार्वाही हुने बाराका प्रहरी उपरिक्षक मीराचौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस