आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर डा. पौडेलद्धारा प्रहरी चौकी शिलान्यास

AuthorAP Khabar २०७५ आश्विन २८, आईतबार ( ५ साल अघि) ४२९ पाठक संख्या

सिमरा, असोज २८ : जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नजिकिदै गरेको चाड पर्वलाई सामाजिक सदभाव कायम राख्दै उत्साह र अनुशासित भएर मनाउन आग्रह गरेका छन् ।
उपमहानगरको वडा नम्बर १४ स्थित रजघट्टामा निर्माण हुन लागेको प्रहरी चौकी भवनको शिलान्यास गर्दै मेयर डा. पौडेलले सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न नगरवासीलाई आग्रह गरे ।
शान्ति सुरक्षालाई अझ ब्यवस्थित बनाउनका लागि स्थानिय सरकारको हैसियतले प्रहरी चौकी भवन निर्माणका लागि उपमहानगरले सहयोग गर्न लागेको भन्दै मेयर डा. पौडेलले सुशासन र समृद्धिको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । उपमहानगरको दोस्रो नगरसभाले शान्ति सुरक्षासंगै स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको आधारभूत आवश्यकता पुरा गर्नका लागि ल्याएको योजना कार्यान्यवनको क्रममा रहेको मेयर डा. पौडेलको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराकी प्रहरी उपरिक्षक मिरा चौधरीले शान्ति सुरक्षाका उपमहानगरले चासो देखाएको भन्दै खुशी ब्यक्त गरिन । चौधरीले चाडपर्वको समयमा कुनै किसिमको घटना हुन नदिन प्रहरी सक्रियता बढाएको बताईन् ।
भवन निर्माण समितिका अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, ईलाका प्रशासन कार्यालयका प्रमुख बिशेश्वर रेग्मी, औद्योगिक सुरक्षा गुल्म औराहका सशस्त्र प्रहरी नायब उपरिक्षक गौतमराज कुवर, वडा नं. १४ का अध्यक्ष रामशरण बर्तौला, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक सुभाष हमाललगायत स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सुनिल गाउलेले गरेका थिए भने स्वागत मन्तब्य मनलाल श्रेष्ठले राखेका थिए ।
भवन निर्माणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले १० लाख, वडा नं. १४ ले चार लाख, वडा नं. १३, १५ र १६ ले दुई ÷ दुई लाख सहयोग गर्न लागेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस