आज:  २०८१ पौष २९, सोमबार | Mon, 13, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ द्वारा शुभकामना कार्यक्रम

AuthorAP Khabar २०७५ आश्विन ३०, मंगलबार ( ६ साल अघि) ६०६ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २९ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले सोमवार दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयमा आयोजीत कार्यक्रमको अध्क्षयता वडाका अध्यक्ष रामबाबु गुप्ताले गर्नुभएको थियो । भने कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णब्रत सिहंको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी सिहंले कार्र्यक्रमलाई सम्बोधन गर्दै नेपाल देशको मालिक नेपाली जनता भएको र जनताबाट जननिर्वाचीत प्रतिनिधीले पार्टिगत ब्यवहार देखाउन नहुनेमा सबै जननिर्वाचित प्रतिनिधीहरुसंग अग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न समयमा जीतपुरको बजार अनुगमन गर्दा म्याद समाप्त भएको बस्तुहरुलाई समेत नष्ट गरीएको थियो । करिब २० हजार मुल्य पर्ने म्याद गुज्रिएका ती औषधीहरु उपमहागरपालिकासँग सहकार्य गरेर डिस्पोज गर्ने तयारीमा आफुहरु रहेको वर्डा अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ ।
शुभकामना अदानप्रदान कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साह, शसस्त्र प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रकास पौडेल ,ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी सहायक निरिक्षक डि.पी जैसवाल ,शिक्षा प्रेमी कालिका प्रसाद ढकाल ,समाजसेवी अफताब आलम लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मुनि प्रसाद यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस