आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेस र जिल्ला एकिकरणको टुगंो छिटै – नेकपाका वरिष्ठ नेता नेपाल

AuthorAP Khabar २०७५ आश्विन ३०, मंगलबार ( ५ साल अघि) ४६६ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले जिल्ला तथा प्रदेस कमिटी एकीकरणको काम अव वस्ने सचिवालय र स्थायी कमिटि बैठकले टुंगो लगाउने बताउनुभएको छ । गृह जिल्ला रौतहट जानेक्रममा मंगलवार सिमरा विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्देै पूर्व प्रधानमन्त्रि समेत रहनुभएका नेता नेपालले पार्टी विधिमा चल्ने उल्लेख गर्दै प्रदेस तथा जिल्लाको नेत्रृत्व विधि बनाएर मात्रै टुङ्गयाइने बताउनुभयो ।
प्रदेस नेत्रृत्व चयनमा पार्टीमा बिधि मिचिएकाले आफुले असहमति पत्र दर्ज गरेको उल्लेख गर्दै नेता नेपालले अव बस्ने बैठकमा त्यस बिषयमा छलफल हुने स्पष्ट पार्नु भयो ।
अर्को प्रसंगमा नेता नेपालले केन्द्रिय सदस्य रहेका व्यक्तिलाई जिल्ला अध्यक्ष नबनाइने समेत प्रष्ट पार्नुभयो । केहिदिन अगाडि नेता नेपाल मुलुक बाहिर रहेकाबेला सचिवालय बैठकबाट ७ वटै प्रदेसको नेत्रृत्व चयन गरीएको थियो । सचिवालयले गरेको निर्णय स्थायी कमिटीले अनुमोदन गरेपछि मात्र पुर्ण रुपमा कार्यान्वयनमा आउने ब्यवस्था छ ।
नेता नेपालले दोस्रो अन्तराष्टिय विमानस्थलका बारेमा भ्रम फैलाइएको भन्दै त्यस्ता भ्रमहरुलाई चिर्न आफ्नो टोलि स्थलगत निरीक्षणको लागि बारा आउन लागेको र सो अवसरमा बिज्ञ समुह, सरोकारवालासंग छलफल गरेर निष्कषर््ा निकालिने प्रष्ट पार्नु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कल्याणी खडका, दिनेस राई, प्रदेस सभाका सदस्य सुन्दर बिक, संबिधान सभाका सदस्य रामकुमार भटटराई, नेकपाका नेताहरु मनोज पौडेल, हरी चौलागाई, ध्रुब यादब, तारा कार्की, प्रेस चौतारीका केन्द्रिय सदस्य सुभास साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस