आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको ५ दिने सुपथ मुल्यको पसल मंगलबार बाट बन्द

AuthorAP Khabar२०७५ आश्विन ३०, मंगलबार (५ साल अघि) ४९९ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज ३०  : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा संचालनमा रहेको ५ दिने सुपथ मुल्यको पसल मंगलबारबाट समाप्त भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराले मंगलबार आयोजना गरेको समापन कार्यक्रममा सुपथ मुल्यको पसल बन्द भएको जानकारी गराएको हो ।
असोज २५ गतेबाट ३ दिनेको लागि संचालनमा आएको यो पसललाई ग्राहको माग अनुसार थप दुई दिन बढाएर ३० गतेसम्म पु¥याइएको जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले जानकारी दिनुभएको छ ।
उहाँले यस पसलबाट निम्न आय भएको सयौँ मानिस लाभान्वित भएको बताउदै आउदो दिनमा पनि सर्वसाधारणको हितलाई हेर्दै नगर उद्योगवाणिज्य संघले आफ्नो समाजिक उत्तरदायीत्व पुरा गर्ने दाबी गर्नुभयो ।
यता सेवाग्राहीका साथै ब्यापारलाई समेत प्रबर्धन गर्ने यस ब्यापारलाई आउदो वर्ष यो भन्दापनि राम्रो किसिमले आयोजना गर्ने यस कार्यक्रमका संयोजक मनोज साहले जानकारी दिनुभएको छ ।
संघका अध्यक्ष संजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, उपाध्यक्ष अर्जुन लाम्साल लगाएतको उपस्थिती रहेको थियो । गीता साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा महासचिव शिव जी साहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संघले विभिन्न क्षेत्रमा रहेर यस सुपथ मुल्यको पसल संचालन गर्न सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र सहित सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस