आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगर स्तरिय फुटबलको उपाधि बागदेवलाई

AuthorAP Khabar २०७५ आश्विन ३०, मंगलबार ( ५ साल अघि) ५८३ पाठक संख्या

AP संवादाता
मनहर्वा, असोज ३० : जीतपुरसिमरा उपमहानगरपालिका १६को डकाहा पैनीटोलमा गत असोज १५ बाट सुरु भएको नगरस्तरिय नकाउट फुटबल प्रतियोगिताको उपाधी निजगढ नगरपालिका ४ बागदेव पूर्वटोलमा रहेको जनजागृती युवाक्लबले उपाधि हात पारेको छ ।
उसले कलैया उपमहानगरपालिका १६को सोनरनिया यूवा क्लबलाई ६ गोलको अन्तरमा हराएर उपाधि जितेको हो । खेलको विजेता जनजागृतीले नगद १७ हजार ५ रुपैँया सहित ट्रफि हात पारेको छ । त्यस्तै उपविजेताले ८ हजार ५ सय ५ रुपैंया सहित ट्रफि प्राप्त गरेको छ ।
जनजागृतीको जीतका लागि अजय परियार,सपिल राउत, रिसब थापा मगर, विकेस पौडेल महेश सापकोटा र अनिल भुलुनले गोल गरेका थिए । आजको प्रतियोगिताको उतकृष्ठ खेलाडीको पुरसकार समेत जनजागृतीका लागि अनिल भुलुनले प्राप्त गरे ।
विजया दशमी, दिपावली तथा छटपर्वको अवसर पारेर मित्र यूवा क्लब पैतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा विभिन्न स्थानका १७ टिमको सहभागीतामा रहेको थियो ।
विजेता उपविजेता टिमका खेलागीलाई प्रदेशसभा सदस्य माननिय ज्वाला कुमारी साह र जीजपुसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले पुरस्कार वितरण गर्नु भउको थियो ।
समापन समारोहमा वडा अध्यक्ष केदार बजगाई लगायत स्थानिय समाजकि अगुवा राधेश्याम शिवाकोटी, पुष्पराज थापा मगर, हरिदेव खरेल, ईमानसिंह तमाङ्ग जनप्रतिनिधिहरु तुलसा मैनाली, हेम बहादुर मगर, लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस