आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ्य संस्थाको औषधि चोरी गर्दै गर्दा स्वास्थ्यकर्मी रंगेहात पक्राउ

AuthorAP Khabar २०७५ आश्विन ३१, बुधबार ( ५ साल अघि) ५५७ पाठक संख्या

AP संवादाता
जैतापुर, असोज ३१  : जीतपुरसिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत शिनियर अहेव एवं स्वास्थ्य चौकी सहईन्चार्ज रामनरेश यादव संस्थाको औषधि चोरेको आरोपमा पक्राउ परेका छन् ।
दशैं विदाका क्रममा बन्द रहेको कार्यालय बुधबार विहान खोलेर संस्थामा रहेका महत्वपूर्ण औषधि झिकेर निस्कँदै गर्दा स्थानियले उनलाई रंगेहात फेला पारी प्रहरीको जिम्मा लगाएका हुन् ।
जिल्लाको फेटा गाउँपालिका˗३ पुरैनीया स्थायि घर भएका यादव स्वास्थ्य संस्थामा कार्यरत भए पनी उनको जितपुरसिमरा उपमहानगरपालिका १७ को रामनगरमा मेडिकल संचालनमा छ । उनले स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरणका लागि पाठाएका महत्वपूर्ण औषधि चोरेर मेडिकल मार्फत विक्रि वितरण गर्दै आएको स्थानियको आरोप छ ।
यादवले कार्यालय बन्द रहेको समयमा साँझ विहान गरि पटकपटक औषधि झिक्ने गरेको थाहा पाएका स्थानियले उनको निगरानी सुरु गरेका थिए । अष्टमीका दिन सबै आआफ्नो घरमा ब्यस्त रहेको मौका छोपेर यादवले २२८ थान विभिन्न ९ थरीका ट्याबलेट र २ थान आई ड्रब समेत निकालेका थिए । बन्द रहेको कार्यालयबाट यतिका धेरै औषधी किन निकालेको भन्दा यादवले घरयाईसी प्रयोजन भनेपछी स्थानिय आक्राशित बनेका थिए ।
आक्रोशित स्थानियले यादवलाई एकघण्टा स्वास्थ्य चौकीमै थुनेर प्रहरीको जिम्मा लगाएका हुन् । संस्थाको चाबी आफु, यादव र पियनसँग रहने गरेपनी कार्यालय बन्दको समयमा खोल्नु परे वा ईमेरजेन्सी परे सल्लाहमा मात्रै खोलिने गरेको स्वास्थ्य चौकी जैतापुरका ईन्चार्ज शेषनारायण चौधरीले बताए । यादवको कार्य गलत भएकाले कार्वाहीका लागि आवश्यक पहल गर्ने ईन्चार्ज चौधरीले बताए ।
औषधि चोरीको आरोपमा यादवलाई नियन्त्रणमा लिई थप कार्वाहीका लागि ईलाका प्रहरी सिमराको जिम्मा लगाईएको प्रहरी चौकी जैतापुरका असई भरत शिलवालले जनाकारी दिए । यादवलाई कार्वाहीका लागि उपमहानगर पालिकाले प्रहरीमा उरुरी गरेको जितपुरसिमरा उपमहानगरपालिका १७का वडा अध्यक्ष नवराज खड्काले जानकारी दिए ।
दशैं विदा सकिए लगतै यादवलाई विभागिय कार्वावाही समेतको प्रकृया अगाडी बढाईने खड्काले बताए । यादवले संस्थामा पटकपटक बदमाशि गर्दै आएका थिए । उनका कारण मनहर्वा स्वास्थ संस्थामा एकबर्ष अगाडी समेत विवाद उत्पन्न भएको थियो । उनलाई हाल चोरीको आरोपमा कार्वाहीका लागि माग गरेको खड्काले जनाए ।

प्रतिक्रिया दिनुहोस