आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यौन उत्पीडन आरोपपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरद्वारा राजीनामा

AuthorAP Khabar २०७५ आश्विन ३१, बुधबार ( ५ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं, असोज ३१ : भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी ‘एएनआई’ काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।

व्यक्तिगतरुपमा अदालतबाट न्याय लिनका लागि आफूले पद छाडेको उनीद्वारा जारी वक्तव्यमा उल्लेख छ । ६७ वर्षीय अकबरमाथि १५ भन्दा बढी महिलाले ‘मीटू’ अभियानमार्फत् यौन उत्पीडनको आरोप लगाएका थिए ।

त्यसमध्येकी एक महिला पत्रकार प्रिया रमानीविरुद्ध अकबरले सोमबार आपराधिक मानहानिको मुद्दा दायर गरेका थिए । अकबरले आफूविरुद्ध आरोप लगाउने सबैलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

अकबरको राजीनामालगत्तै पत्रकार प्रिया रमानीले एक ट्वीट गर्दै राजीनामाले महिलाकारुपमा आफूले दोषमुक्त महसुस गरेको भन्दै अदालतबाट पनि आफूले न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरेकी छन् । जनदबाबपछि अकबरले राजीनामा दिएको बताइएको छ । (ईमेज खबर)

प्रतिक्रिया दिनुहोस