आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकीकृत नमूना मुसहर बस्तीमा पहिलो पटक सामूहिकरूपमा दशैको टीका

AuthorAP Khabar २०७५ कार्तिक ३, शनिबार ( ५ साल अघि) ६३८ पाठक संख्या

महोत्तरी,कार्तिक ३: बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।

बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरुका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताउनुभयो ।

घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए । यसअघि मुसहर भनेर आफूहरुसँग छोइछिटो गर्ने बाहुन क्षेत्री परिवारका नयाँ पुस्ताका युवायुवती सामूहिक भोजमा सरिक भएर सँगै बसेर खान पाउँदा अत्यन्त खुशी भए ।

सामूहिक टीकामा बर्दिवास–३ गौरीवासका बासिन्दा, बर्दिवास नगरपालिकाका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्की र सञ्चारकर्मी राजकरण महतो लगायत सहभागिता थिए । (जनता समाचार)

प्रतिक्रिया दिनुहोस