AP डेस्क
जीतपुर, कार्तिक ३ : परवानीपुर गाँउपालिका वडा न. २ मुसहरी गाँउमा रहेको शनिवार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष झै यस वषैपनि संसारी माईको मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरीएको हो ।
कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थनमा रहेका कुस्ती खेलाडीहरुले भाग लिएका थिए । भने कुस्ती हेर्न ब्यापक भीड लाागेको थियो । प्रतीयोगितालाई नेकपाका युवा नेता मोबिन आलमले रिबन काटी उद्धघाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेता आलमले रामायण युगदेखी चल्दै आएको कुस्ती खेलको रौनक पछिलो समय हराउदै गएकोले यसको संरक्षण गर्न यस्ता प्रतियोगीताहरुको आयोजना हुने आवश्यक रहेको बताउनुभएको छ । उहाँले मधेसी सभ्यतासंग समेत जोडिएको यस खेललाई समाजिक र राजनितीक दुबै रुपमा संरक्षण गर्न आवश्यक रहेको कुरामा जोडदिनुभयो ।
परवानीपुर गाँउपालिका वडा न. २ का वडा अध्यक्ष ईश्वरी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोचन प्रसाद यादवको विशेष उपस्थिती रहेको थियो ।
रामबाबु चौहानको सहजिकरणमा सम्पन्न कार्यक्रममा बहुवारी वडा अध्यक्ष रामेश्वर साह, रामबालक महतो, भोज मंडल, यासीन मिया, जोधा महतो, जादोलाल साह, जगदीस राम, बोधा महतो, मैनोद्दीन मिया, सलमोद्दीन आलम लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस