बुटवल कार्तिक ४ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ३८ जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढि ६ का २७ रामजित राई, सुनसरी घर भई जि.नवलपरासी पश्चिम जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत ३२ वर्षिय अब्दुल अन्सारी, भारत बिहार बस्ने,े बिधानन्द यादव र उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गुल्मी हस्तचौर २ बस्ने तिलक विष्ट रहेका छन । त्यस्तै १ जना पुरुष ब्यक्ती को सनाखत हुन बाकी रहेको प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।
इटहरीबाट भैरहवाका लागि आउदै गरेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा परेका घाइते ३३ जनालाई उपचारका लागि नारायणगढ पठाइएको र ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस