आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साफ यु–१५ फुटबलको तयारी पूरा, नेपालको पहिलो भिडन्त माल्दिभ्ससँग

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ५०१ पाठक संख्या

काठमाडौं, कात्तिक ६ :  बिहीबारदेखि काठमाडौंमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

यही कात्तिक १७ गतेसम्म हुने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्सले सहभागिता जनाउँदैछन् । भारतबाहेक सबै टिम नेपाल आइसकेका छन् । भारत बुधबार आउने एन्फाले जनाएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा बंगलादेश र माल्दिभ्स रहेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले तयारी राम्रो रहेको बताएका छन् ।

यो प्रतियोगिताबाट युवा खेलाडीलाई उत्साह मिल्ने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल सक्षम छ भन्ने सकारात्मक सन्देश जाने महासचिव इन्द्रमान तुलाधरले बताए ।

प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ३ बजे माल्दिभ्ससँग खेल्नेछ ।

 

(साभार अईमेज खबर)

प्रतिक्रिया दिनुहोस