आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरधामका मेयरलाई ५५ किलोको मालाले सम्मान

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ४४७ पाठक संख्या

AP संवादाता

जनकपुरधाम, कार्तिक ६ : जनकपुरधाम उपमाहानगरपालिकाका मेयर ५५ किलोको माला लगाएर सम्मान गरिएको छ । जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं २३ बेलामा सुरु भएको झण्डामेला उदघाटन कार्यक्रममा मेला समितिले मंगलवार मेयर लालकिशोर साहलाई सम्मान गरिएको हो ।

जनकपुरधामको मेयर पद सम्हालेको सानो समयमा नै जनकपुरधामलाई परिवर्तन ल्याउनमा महत्वपुर्ण भुमिका खेलको भन्दै मेला समितिले ५५ किलोको माला लगाएर मेयर साहलाई सम्मान गरेको छ । मेलाको उदघाटन गर्दै मेयर साहले आफुले जिवनमा पाएको सम्मान मध्ये सवैभन्दा ठुलो सम्मान बेलाबासीबाट पाएको भन्दै बेलाबासीलाई अभार व्यक्त गरेका थिए ।

मेयर साहले जनकपुरधामको विकास आफनो मुख्य लक्ष्य रहेको र आफनो कार्यकालमा जनकपुरधामलाई मोडेल सिटि र पर्यटकिय सिटिकोरुपमा परिवर्तन गरेर छाडेने प्रतिवद्धता जनाए । उनले जनकपुरधामलाई पर्यटकिय शहर वनाउनका लागि सवैभन्दा पहिले जनकपुरलाई जनकपुरधाम नामाकरण गराएको र अब जनकपुरधामका सवै तालतलैयाहरुलाई सौन्दर्यीकरण गर्ने अभियान सुरु गरेको वताउदै जनकपुरधाममा आउने पर्यटकहरुको सुविधाका लागि नगरभरि एकसय डिलक्स शौचालयको निमार्ण प्रक्रिया छिटै नै सुरु हुने समेत वताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले महोत्तरीमा रहेको जेलले कैदी धान्न सक्ने अवस्थामा नरहेकोले बेला टोलमा रहेको गुठीको जग्गामा जेल निमार्णका लागि पहल गर्न मेयर साहलाई आग्रह गरेका थिए । त्यसैगरि उदघाटन कार्यक्रममा राजपाका युवा नेता किरण मण्डलले बेला टोलमा लागेको झण्डा मेलामा हिन्दु धर्मावलम्वीका साथै मुश्लिम समुदायले पनि सहयोग गरेर मेला लगाएको प्रति प्रशंसा गर्दै उनले कथित नेताहरुले हिन्दु मुश्लीममा झगडा लगाउने खेल बेला टोलमा नचल्ने सन्देश वेला टोलवासीले देखाएको भन्दै प्रशंसा गरेका थिए ।

कायक्रममा राजपा नेपालका केन्द्रिय सदस्य तथा जनकपुर बस व्यवसायी संघका अधयक्ष मनोज चौधरी ,वार्ड अध्यक्ष शत्रुधन पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस