आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली रेडियोबाट ‘सीमा सुरक्षामा खतरा’ भन्दै प्रशारणमा रोक लगायो भारतले

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ५४४ पाठक संख्या

काठमाडौं, कार्तिक ६ । भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको छ ।

भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो ।

नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहारका केही जिल्लामा स्थानीय केबल अपरेटरले नेपाली रेडियो प्रशारण गर्दै आएका छन् ।

केही रेडियोले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादति, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी विभिन्न सामग्री प्रशारण गर्दै आएका कारण नेपाली रेडियो प्रशारणमा रोक लगाइएको उक्त अखबारमा उल्लेख छ ।

भारतीय गुप्तचर स्रोतले सीमा क्षेत्रका नेपाली रेडियोबाट भारतविरुद्ध प्रचारवाजी र माओवादको गुणगान गरेका कारण सुरक्षामा खतरा देखिएको भन्दै स्थानीय प्रशासनलाई सचेत गराएपछि यो कदम चालिएको बताइन्छ ।

 

(ईमेज खबर)

प्रतिक्रिया दिनुहोस