आज:  २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

परवानीपुर गाँउपालिकाले आयोजना गरेको भिझिया कार्यक्रम विवादित

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ७ साल अघि) ६१९ पाठक संख्या

तिवारी यादव
वीरगंज, असोज ६ : बाराको परवानीपुर गाउँपालिकाले आयोजना गरेको विद्यालय स्तरीय झिझिया नृत्य प्रतियोगितामा विभेद भन्दै गण्डक स्थित रहेको हेरिटेज पब्लिक सेकेण्ड्री स्कुलले गाउँपालिकामा उजुरी हालेको छ ।
कार्यक्रमका दर्शक तथा कार्यक्रमका अतिथीहरु समेतको दृष्टिीमा सर्वोत्कृष्ट देखिएको हेरिटेज पब्लिक स्कुललाई तेस्रो बनाएकोले भन्दै नृत्यकोे भिडियो रेकर्डिङ्ग गाउँपालिकासँग सुरक्षित रहेको भन्दै भिडियोको आधारमा पुनः मुल्याँकन गरी नतिजा सच्याउनुपर्ने माँग गर्दै आफुहरुले उजुरी हालेको स्कुलका फाउण्डर प्रिन्सिपल मँगेश्वर प्रसाद यादवले बताउनुभयो ।
आक्रोसित सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रत्यक्षदर्शीहरु समेतले आयोजक गाउँपालिकाका समबन्धित कर्मचारीहरु आपसी मिलेमतोमा परवानीपुरको सरस्वती बोर्डिङ्ग स्कुललाई प्रथम बनाएको आरोप लगाएका छन् ।
भने कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर २ का भौतिक निर्माण तथा यातायात मन्त्री जितेन्द्र सोनलले पनि हेरिटेज माथि अन्याय भएको कुरा स्वीकार गरेको बताएका छन् ।
गााउँपालिकाका कार्यकारी अधिकृत जयराम पञ्जियारले यस कार्यक्रमको व्यवस्थापन तथा सहभागिहरुको नतिजा समेतको बारेमा आफुलाई केही थाहा नभएको गैर जिम्मेवारीपुर्ण अभिव्यक्ति दिएका छन् ।उजुरी पत्रका आधारमा उचित छानविनका लागि न्यायिक समितिमा पठाउने आश्वासन समेत अधिकृत पञ्जियारले दिएका छन् ।
यता पिडित विद्यालयका शिक्षक कर्मचारीहरुले आफुहरुलाई न्याय नदिए आन्दोलन लगायतका सँघर्षका कार्यक्रमहरु समेत गर्ने चेतावनी दिएका छन् । गाँउपालिका ५ लाखको लागतमा विद्यालय स्तरीय झिझिया नृत्य प्रतियोगिता परवानीपुर बजारमा आईतबार सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस