आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किन समाजीक उत्तरदायित्व बहन गर्न सकेन्न निजी बैंकहरु ?

AuthorAP Khabar२०७५ कार्तिक ६, मंगलबार (५ साल अघि) ५०१ पाठक संख्या

AP संवादाता
जनपुरधाम, कार्तिक ६  : समाजमा एक प्रतिशत लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको सर्कुलरलाई निजी बैंकहरुले अटेर मात्रै गरेका छैनन, समाजप्रतिको उत्तरदायित्व पनि बिर्सेका छन् ।
नेपाल राष्ट्र बैंकको अनुमति लिएर खुल्ने अधिकांश निजी बैंकहरु सामाजिक उत्तरदायित्व भन्दापनि मुनाफा कमाउनमा व्यस्त छन् । वार्षिक करोडौंको कारोबार गर्ने निजी बैंकहरु समाजप्रतिको उत्तरदायित्व बिर्सेर कमाउने धन्दामा लागेका छन् । राष्ट्र बैंकले मुनाफाको १ प्रतिशत समाजमा लगानी गर्न सर्कुलर जारी गरेको छ । तर, त्यस्ता निजी बैंकले समाजका लागि कुनै ठूलो योगदान दिएका छैनन् ।
जनकपुरधाममा मात्रै ‘क’ बर्गका दुई दर्जन भन्दा बढि बैंकका शाखाहरु छन् । मुख्य कार्यालय भएका ‘ख’ बर्गका बैंकको संख्या उस्तै छ । तर, यी बैँकहरुको समाजमा लगानी शुन्य देखिने स्थानीयको बुझाई छ ।
त्यस्ता बैंकलाई नियमनकारी निकायले पनि कुनै ध्यान दिएको पाइदैन । यहाँका ‘क’ वर्गका निजी बैंकका कर्मचारीहरु सामाजिक काम गर्न अवसर नै नपाएको भन्दै आफ्नो जिमेवारीलाई पन्छाउछन् । सानिमा बैंक र एनसिसि बैंक जनकपुरधाम शाखाले सामाजिक कार्यमा कुनैपनि लगानी नगरेको पाईएको छ ।
यता, एभरेष्ट बैंक लिमिटेडका शाखा प्रवन्धक नरबहादुर रावलले सामाजिक उत्तरदायित्व अन्र्तगत यस बैंकले कुष्ठ रोगी र अपाङ्गहरुलाई बैशाखी वित्तरण गर्नुका साथै धनुषाको ग्रामीण क्षेत्र तारापट्टीमा आर्थिक रुपमा विपन्न भएकाहरुलाई अपरेशन गराउनमा समेत आर्थिक सहयोग उपलब्ध गराएको दाबी गरेका छन ।
वचतमा आर्कषक व्याज दिने बताउँदै आएको बैंकले सामाजिक काममा के–के योजना छन् भन्ने विषयमा भने उनले स्पष्ट पार्न सकेनन् । ‘समाजको आवश्यकतालाई हेरेर हामी काम गर्छौ ।’ निर्देशक रावल भन्छन् ।
यहाँका प्राय ः सबै वैंकको उस्तै अवस्थामा छन् । एनएमबी, प्राइम, एनआइसी एसिया, नेबिल, सिद्धार्थ, सेन्चुरी, सनराइज बैंक, माछापुछ्रे, लक्ष्मी, एनएमबिले समाजको लागि ठोस कार्यक्रम गरेको पाइदैन ।
राज्य संघीय संरचनामा गइसकेको छ । तर, निजी बैंकहरु अहिले पनि केन्द्रीय नीति र नियममै केन्द्रीत भएको छ । जसका कारण समाजले बैंकबाट प्रतिफल पाउनु त कता कता मुनाफा केन्द्रीत भएको स्थानीयको बुझाइ छ ।
नाफाको ३ प्रतिशत कर्मचारी तालिम र एक प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गरिनु पर्ने वैंकको नीतिमै उल्लेख भएको बैँकरहरु आफै स्वीकार गर्छन् । निजी वैंकहरुको अनुगमन गरेर उनीहरुले गरेका कार्यक्रमको गतिविधि हेर्न आवश्यक रहेको छ । वैंकहरुले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीलाई जानकारी हुने गरि वडापत्रसमेत राखेको पाइदैन । ‘यस्ता अनेकौ समस्या नीजि वैंकमा रहेको स्थानियहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस