आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्ञापन पत्र बुझाउन बेल्दारी बासीलाई प्रहरीको साहारा लिनुपर्ने बाध्यता

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ५९९ पाठक संख्या
AP डेस्क
जीतपुर, ६ कार्तिक : बाराको पचरौता नगरपालिका ५ बेलदारीका जनताहरु नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउन प्रहरीको साहारा लिन बाध्य भएका छन् । गाँउमा निर्माण हुने भनिएको २५ सौयाको अस्पताल अन्यत्र सार्ने कुरा जानकारी भए पश्चात आफ्नै गाँउमा अस्पताल निर्माण हुनुपर्ने र नगरका सबै गाँउमा समान रुपले विकासको योजना जानुपर्ने माग सहित ज्ञापन पत्र बुझाउन जान लागेको बेलदारीको जनतालाई प्ररहीको साहारा लिनुपरेको हो ।
सोमवार बिहान पचरौता चौतर्फि विकास संघर्ष समितिको नेतृत्वमा पचरौता नगरपालिकाका प्रमुखलाई बेल्दारीसहित अन्य गाँउका जनताहरु ज्ञापन पत्र बुझाउन जाँदा नगरपालिकाको कार्यालय रहेको बेनौली गाँउका स्थानिय जलन्धर सिहंका समर्थकहरुले अवरोध गरेका थिए । अवरोधको क्रममा दुई गाँउ बिच भएको झडपमा पचरौता ४ का सुखाडी भनिने नन्दकिशोर यादव, रमेश यादव र वडा नम्बर ६ का जोगिन्द्र राम घाइते भएका छन् ।
विगत एक महिनादेखि हुदैँ आएको यस विवादलाई लिएर पचरौताका केही ब्यक्तिले आपूmलाई असफल बनाउन षडयन्त्र रचेको र नगरपालिकाको विकास हुन दिन नचाहेको दावी गर्दे पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवले बताउनु भयो । प्रदेश सरकारले नै वेल्दारीमा अस्पताल बनाउने निर्णय गरेकोले यसमा विवाद गर्न नहुने मेयर यादवको भनाई  रहेको छ । उहाले विकास निर्माणका बाधकहरुले नै यस्तो गतिविधि गरेको आरोप लगाउनु भयो ।
विकास निर्माणमा चौतर्फि विकासको योजना लिएर ज्ञापन पत्र बुझाउन गएका स्थानिय र बेनौली गाँउका स्थानिय सिहंका समर्थकहरु बिच भएको झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । झडपसंगै स्थानिय जलन्धर सिहंका समर्थकहरुले बेल्दारीका स्थानियलाई नगरप्रमुख समक्ष ज्ञापनपत्र बुझाउन जान नदिएपछि प्रहरीले दुई जनालाई आफ्नो गाडीमा राखेर ज्ञापन पत्र बुझाउन लगाएको हो ।
पचरौता चौतर्फि विकास संघर्ष समितिले १३ बुँदे ज्ञापनपत्र नगरप्रमुख रमेशकुमार यादवलाई बुझाएको छ । पचरौता नगरपालिका चौतर्फी विकास संघर्ष समिति बाराका संयोजक अवध भुषणप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा न्यायिक समितिको बैठक वसाई काम गर्न माग गरिएको छ ।
प्रदेश सरकारले प्रदेशको प्रत्येक नगरपालिका एवम गाउँपालिकामा २५ सैयाको अस्पताल खोल्ने निर्णय गरेपछि अस्पताल आप्mनो ठाउँमा राख्ने कुरामा पचरौतामा तनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस