आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गर्न खोज्नु गल्ती हुन्छ

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ४९४ पाठक संख्या

जनकपुरधाम, कात्तिक ६ :  सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीलाई केन्द्र सरकारलाई ‘ओभरटेक’ गर्ने प्रयास नगर्न सार्वजनिक रुपमै चेतावनी दिनुभएको छ । नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि बोलाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश प्रहरी ऐन माथि असन्तुष्टि जनाउनुभएको हो । केहीले विधेयकहरु नबनोस र सरकार संवैधानिक संकटमा परोस भन्ने चाहेको उल्लेख गर्दै उहाले धेरै मेहनत गरेर मौलिक हकसम्बन्धी विधेयक बनाइएको बताउनुभयो ।
प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे । तर, केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु’ प्रचण्डले चेतावनीपूर्ण भाषामा भनेका भन्नुभएको हो ।
कर्मचारी प्रदेश २ लाई मात्र होइन, सबै प्रदेशको सरकारलाई चाहिएको र यसप्रति आफू गम्भीर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तपाई ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना ननिम्त्याऊँ । तपाईको मागप्रति गम्भीर छु ।’
नयाँ संविधानले पनि पहिला संघीय प्रहरी ऐन बनाउने र त्यसअन्तर्गत प्रदेशले आफ्नो अवस्थाअनुसार ऐन बनाउने परिकल्पना गरेको उहाँले स्मरण गर्नुभएको थियो ।
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा आफूले अघि सारेको दाबी गर्दै उहाले आफूले पाइसकेको अधिकार गुम्ने गरी अघि बढ्यो भने मुर्खता हुने बताउनुभएको छ ।
प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गर्नुभएको छ ।

 

(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस