आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजी कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी

AuthorAP Khabar २०७५ कार्तिक ६, मंगलबार ( ५ साल अघि) ६३७ पाठक संख्या

काठमाडौं, कात्तिक ६ :  यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।

मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमतिपत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो ।

पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।

लिमिटेडले ४५ दिनमा पाँचदेखि ६ लाख स्मार्टकार्ड लाइसेन्स छापीसक्ने गरी सम्झौता भएको हो । कार्ड छापेबापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ ।

कार्ड, विद्युत्लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने उनले जानकारी दिए ।

विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिनेछ ।

दुई महिनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ ।

प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत् दैनिक ८ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ ।

 

 

(अईमेज खबर)

प्रतिक्रिया दिनुहोस