आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देवरबानामा एक दिने गोष्ठी सम्पन्न

AuthorAP Khabar २०७५ कार्तिक ७, बुधबार ( ५ साल अघि) ३७६ पाठक संख्या

तिवारी यादब

वीरगंज,७ असोज : पर्साको सखुवा प्रसौनी गाँउपालिका ३ कटेया देवरबानामा सुधार योजना बनाउने बारे गोष्ठी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वडा नम्बर ३ को मक्तब मिसबाहुल उलुम बिद्यालय परीसरमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधिी मन्त्रालयको आयोजनामा तथा युएसआईडिको आर्थिक सहयोग एक दिने गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठी कार्यक्रममा वडा अध्यक्ष शलिम मियाँ अंसारी ,गोष्ठीका प्रशिक्षक मित्रदेव यादव , प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला प्रमुख भरत सहनीको उपस्थिती रहेको थियो । कार्यक्रममा २० जना स्थानीयहरुलाई गोष्ठी बारे प्रशिक्षण दिईएको विद्यालयका प्रधानाध्यापक फुर्सेद अंसारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस