आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगरपालिकाको निर्देशन मान्दैनन् जितपुरसिमराका वडा अध्यक्ष देवान

AuthorAP Khabar २०७५ कार्तिक ७, बुधबार ( ५ साल अघि) ५९० पाठक संख्या

AP संवादाता

विरगंज, कार्तिक ७ : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ताजपुर बेहरा टोलमा सडक निर्माणको बिषयलाई लिएर विवाद सुरु भएको छ । नगरपालिका बाट सडक निर्माण गर्दा नाला र सडक सहित १८ फिट गर्नुपर्ने निर्देशन भएपनि वडा अध्यक्ष असलम देवानले निर्देशन अटेर गर्दे मनोमानि सडक निर्माणको कार्य गर्ने थालेको स्थानीयबासीले आरोप लगाएका छन ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रसिद मियाको सडक निर्माणमा घरको ट्यांकी परेको छ, । तर उपभोक्ता समितिका अध्यक्षको धाक धम्की देखाउँदै अध्यक्ष मियाँले आफनो ट्यांकी नतोड्दै सडक र नाला १५ फिटमा निर्माण गर्दे काम सकाएको स्थानीयबासीले गुनासो गरेका छन ।

नगरपालिका भएपछि गाँउको सडकलाई २० फिट बनाउने माग गर्दे स्थानीय कृष्णा दासले उपमहानगरपालिकामा उजुरी दिएका थिए । गत असोज १५ गते नगरपालिकामा परेको उजुरीको आधारमा जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्णा पौडेल, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाको ओभर सियर , वडा अध्यक्ष ,  स्थानीयबासीले निरिक्षण गर्दे १८ फिट बनाउने सहमति गरेका थिए । तर, सडक निर्माणको क्रममा वडाअध्यक्ष निकटका व्यतिmको घर सडकमा पर्दा नतोड्दै सडक निर्माण गरेको स्थानीयबासीको आरोप छ ।

सडक निर्माणको क्रममा स्थानीय राज मह्मद मंसुरीको कब्जा गरेको ४ फिट एैलानी जग्गा परेपनि उनी सडकमा नदिने र सडक निर्माण गर्ने नदिने भन्दै पटक पटक अमिनलाई फर्कोउन थालेको स्थानीयले बताएका छन । सडक निर्माणको क्रममा असोज १५ गते जग्गा नापी गर्नेलाई नगरपालिका कार्यालय मार्फत अमिन आउँदा वडा अध्यक्ष देवानले जग्गा नापि गर्ने नदिई फर्कोएको स्थानीबासीले बताएका छन । तर यस विषयमा वडा अध्यक्ष देवानले सडक निर्माणको कार्यमा कसैलाई काखा र कसैलाई पाखा नगरेको बताएका छन । उनले भने, सडक निर्माणमा ’कुनै किसिमको कुरा नआएको , विपक्षीहरुले गलत प्रचार गरेको छन ।

यस्ता कुुरामा सत्यता नरहेको र सडक निर्माणको कार्य तिव्र गतिमा भईरहेको दावी गरेका छन । वडाअध्यक्ष देवानले सडक निर्माण कार्यमा कुनै किसिमको समस्या आए निरिक्षण गरी कामको आधारमा मुल्यांकन गर्दे भुतmानी दिने बताए ।

प्रतिक्रिया दिनुहोस