आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानद्धारा अष्ट्रेलियामाथि सनसनीपूर्ण जित

AuthorAP Khabar २०७५ कार्तिक ८, बिहिबार ( ५ साल अघि) ५१० पाठक संख्या

काठमाडौं, कात्तिक ८ : टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।

१५६ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १६.५ ओभरमा नै सबै विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका ३ जना खेलाडीले दोहोरो अंक बटुले भने बाँकी खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् । अष्ट्रेलियाका नाथन काउल्टर नाइलले ३४, एस्टोन एगरले १९ र क्रिस लिनले १४ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका इमद वासिमले ३, फहिम अश्रफ र शाहिन शाह अपि|mदीले समान २-२ विकेट लिए ।

अबुधावीस्थित शिख जायद रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ६८ र मोहम्मद हफिजले ३९ रन बनाएका थिए ।

 

 

(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस