आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजमा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिम हुने

AuthorAP Khabar २०७५ कार्तिक ८, बिहिबार ( ५ साल अघि) ४९७ पाठक संख्या

AP संवादाता

वीरगंज, ८ असोज : वीरगंजमा रहेको टिच टेक सर्भिसले सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिम २०१८ संचालनमा आउदै छ । वीरगंजको लिंकरोड अवस्थित स्मार्ट कम्प्युटर टेक्नोलोजीको कक्षा कोठामा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिमसंचालनमा आएको टिच टेक सर्भिसका प्रबन्धक शैलेश यादवले जानकारी दिए ।

सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिममा आईटी, जाभा, डाटा साईन्स, नेटवरकिंग, क्लाउड कम्पुटिंग,एथिकल हैकिंग, फुट स्टक वेभ,एन्ड्रोईड विथकोर डाटा लगायतको सबै सफ्टवेर सम्बन्धित तालिम दिने यादवले बताए । विन्टर तालिममा सफ्टवेरको अध्ययन प्रत्यक्ष रुपमा हेराउने,सिकाईको प्रमाणपत्र हस्तानान्तरण गर्ने, तालिमबाट माईक्रोसफ्ट तालिम प्रमाणपत्र प्रदान गरीने ,एकै साथ ५ जना नाम दर्ता गराए छुट प्रदान गरीने व्यवस्था रहेको यादवले बताए । तालिममा बाट दक्ष भए रोजगारीको व्यवस्था समेत प्रदान गरीने यादवले जानकारी दिए । तालिममा माईक्रो सप्ट द्धारा प्रमाणित दक्ष तथा अनुभवी प्राध्यापकले प्रशिक्षण दिने यादवको भनाई छ । सफ्टवेर सम्बन्धित तालिमका ईच्छुक व्यतिmले अंग्रजी बुझने कुनै पनि क्षेत्रका बिद्यार्थीलाई समाबेश गराईने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस