आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रदेश प्रहरी ऐन, संविधान विपरित र औचित्यविहीन’

AuthorAP Khabar २०७५ कार्तिक ८, बिहिबार ( ५ साल अघि) ६४८ पाठक संख्या

काठमाडौं,कार्तिक ८ :  वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रदेश २ ले पारित गरेको प्रहरी ऐनको औचित्य नरहेको बताउनु भएको छ । अधिवक्ता भट्टराईले संघीयताको मर्ममाथि नै प्रहार हुने गरी कानुन निर्माण नगर्न पनि प्रदेश २ को प्रदेश सभा र सरकारलाई सचेत गराउनु भयो ।

काठमाडौंमा बिहिबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संघीय कानुनले निर्धारण गर्नुपर्ने विषय प्रदेश २ को प्रदेश सभा र सरकारले प्रहरी महानिरीक्षक समेत बदल्न सक्ने गरी प्रदेश ऐन पारित गरेको भन्दै आपत्ति  जनाउनु भयो ।

प्रदेश २ को प्रदेश सरकारले ल्याएको  प्रहरी ऐन संविधान विपरित रहेकोे पनि कानुनविद् भट्टराईको तर्क छ । अधिवक्ताभट्टराईले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको अन्य पाटोलाई छोडेर प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याउने काम गरेर संघीय सरकारसँग निउ खोज्ने काम गरेको आरोप समेत लगाउनु भयो । उहाँले प्रदेश सरकारले सहकार्यमा आधारित संघीयताको मर्म विपरित चल्न नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गर्नुभयो ।

 

(जनता समाचार)

प्रतिक्रिया दिनुहोस