आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कार्तिक १७ गते नेकपा बाराको जिल्ला पार्टि कार्यालय उद्घाटन हुने

AuthorAP Khabar २०७५ कार्तिक ९, शुक्रबार ( ५ साल अघि) ५५० पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक ९  नेकपा बाराले कार्तिक १७ गते जिल्ला पार्टि कार्यलय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । शुक्रवार कलैयामा नेकपाको अगुवा कार्यकर्ता भेलाले कार्तिक १७ गते उपप्रधान मन्त्री ईशवर पोख्रेलको प्रमुख आतिथ्यतामा जिल्ला पार्टि कार्यलयकको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेकपा बारा कार्यदलका नेता बलबिर चौधरी, सुन्दर विक र क्षेत्रबहादुर श्रेष्ठ (अनिल) को संयुक्त अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका केन्द्रिय सदस्य दिनेश राईको विशेष आतिथ्यता रहेको थियो ।
भेलाले कार्तिक १७ गते बाराको विश्रामपुर गाँउपालिकाको ईटियाहीमा हुने बारा प्रदेश नम्बर ४ (ख) को कार्यक्रम स्थगीत गर्ने निर्णय समेत गरेको नेकपाका युवा नेता उमेश कुश्वाहाले जानकारी दिनुभएको छ । साथै जिल्ला पार्टि कार्यलय उद्घाटन कार्यक्रममा नेकपा जिल्ला कार्यसमिति बाराले आम जन समुदायलाई सहभागी हुन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस