आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषामा पतिद्धारा पत्नीको हत्या

AuthorAP Khabar २०७५ कार्तिक १०, शनिबार ( ५ साल अघि) ५७० पाठक संख्या

AP संवादाता
जनकपुरधाम, कार्तिक १० : प्रदेश नम्बर २ को धनुषामा एक महिलाको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ सपहीकी २२ वर्षीया रुवी कुमारी ठाकुरको ढुंगाले हानेर उनैका पति संजय यादवले हत्या गरेका छन् ।
शुक्रवार राती पैसा माग्ने विषयमा विवाद भएपछि पति संजय यादवले मृतक ठाकुरको छातीमा ढुंगा प्रहार गरि हत्या गरेर फरार भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
शुक्रबार साँझ ७ बजे पत्नी रुवीलाई संजयले कुटपीट गरेर वेहोस छाडेर स्थानीय एकजना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गर्दा अलिक होस् आएको र एकछिनमै मृत्यु भएको डाक्टरको कुरा उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो । डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् ।
स्थानीयका अनुसार तीनदिनदेखि पति पत्नी बिच विवाद हुँदै आएको र त्यसक्रममा संजयले रुवीलाई कुटपीट गर्दै आएका थिए । रुवीको कुटपीट र यातनाबाट मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाको भनाई छ ।
शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र फरार पतिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका–७ तरापट्टी बस्ने रामप्रगास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि सामाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासंग भएको थियो । त्यसको एकवर्ष नवित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका संजय यादवसंग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसैले त्यतिबेलादेखि नै रुवीको माइतसंग सम्बन्ध चिसिएको र आवतजावत समेत नरहेको रुवीका भाई विनोद ठाकुरको भनाई छ । भाई ठाकुरले रुवीको हत्यामा संलग्न पति लगायत सबैलाई कडा कार्वाही हुनुपर्ने माग गरेका छन् । संजय ट्रक चालक रहेको र विहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपीट गर्दै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस