आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको कटहरियामा आगलागी , लाखौको क्षति

AuthorAP Khabar २०७५ कार्तिक १०, शनिबार ( ५ साल अघि) ७५९ पाठक संख्या

AP संवादाता

रौतहट, कार्तिक १० :  रौतहटको कटहरिया नगरपालिका ५ को मुख्य बजार नजिकै रहेको हाटबजार लाग्ने टहरामा शनिवार दिउँसो भिषण आगलागी भएको छ ।

आगलागिमा एकसय ३५ वटा पसल राख्ने टहराहरु जलेर पुर्णरुपमा नष्ट भएको छ।आगो गौर नगरपालिकाको बरुण यन्स्थात्र, स्थानिय बासिन्दा तथा सुरक्षाकर्मिको प्रयासमा नियन्त्रणमा अाएको थियो ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट करीव १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

केहि दिन पहिला देखि नै रौतहटको आगोको घटना बढी हुदै आइरहेको छ। केही दिन अघि गढीमाइ नपाको ६ नम्वर वडामा एकघर आगलागी भएको थियो भने बिहिवार दिउसो गौर नपाको सिसवाटोलमा पनि आगलागी भएको थियो ।लामखेट्टे भगाउनका लागी घुर बाल्दा आगलागीको खतरा बढेको स्थानियको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस