आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इम्पोलीविरुद्ध युभेन्ट्स २-१ ले विजयी

AuthorAP Khabar २०७५ कार्तिक ११, आईतबार ( ५ साल अघि) ७२७ पाठक संख्या

काठमाडौं, कार्तिक ११ : क्रिश्चियानो रोनाल्डोको २ गोल मद्दतमा इटालियन लिग फुटबल सिरी एमा युभेन्ट्सले इम्पोलीलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्स २–१ ले विजयी भएको हो ।
खेलमा अग्रता भने इम्पोलीले लिएको थियो । २८ औं मिनेटमा क्यापुटोले इम्पोलीका लागि गोल गरेका थिए । बराबरी गोल फर्काउन युभेन्ट्सलाई २६ मिनेट संघर्ष गर्नुर्पयो । ५४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरी गरे । उनले ७० औं मिनेटमा पनि अर्को एक गोल गरेपछि युभेन्ट्स २(१ ले विजयी भयो ।
यो जितसँगै शीर्ष स्थानको युभेन्ट्सको १० खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको नापोलीको २१ अंक छ ।

(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस