आज:  २०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

वडा नम्बर ७ ले नमानेपछि आफ्नै लागतमा नालामा निर्माण

AuthorAP Khabar २०७५ कार्तिक ११, आईतबार ( ६ साल अघि) ६७८ पाठक संख्या

AP डेस्क
जीतपुर,कार्तिक ११ : जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा स्थानियहरुले आफ्नै लगानिमा करिब ४ लाख मुल्य बराबरको नाला निर्माण गर्न लागेका छन् । करिब २ सय फिट लम्वाई र १२ फिट चौडाई भएको सो सडकमा स्थानियहरुले आफ्नो पहलमा नाला निर्माण गर्न लागेका हुन् ।
घरबाट निष्कने पानीको कुनै निकासा नभएको र त्यो पानी सकडमा आएपछि हिडडुल गर्न समेत गाह्रो हुने भएपछि स्थानियहरुले आफ्नै लगानिमा सो नाला निर्माण गर्न लागेको स्थानिय पपु कुमारले जानकारी दिनुभएको छ ।
उहाँले वर्षा याममा पैदल जान समेत समस्या हुने गरेको बताउदै बडा कार्यालयलाई पटक पटक भन्दा समेत नमानेपछि स्थानियहरुले आफ्नै पहलमा यो नाला निर्माण गर्न लागको जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष रामबाबु गुप्तालाई आफुहरुले पटक पटक गएर भनेको तर उहाँले हाल त्यस ठाँउका लागि कुनै योजना नभएको भन्दै आफुहरुलाई फर्काउने गरेको यस टोलका स्थानियहरुले स्थानिय निकायको बजेटमा आफुहरु नअटाएको प्रति आपति प्रकट गरेका छन् ।
प्रयाग गुप्ताको घरबाट करिब २ सय फिटको सडक ढलान गर्न स्वयम गुप्ताले १ लाख, शेषअहमद ईरफानले ५० हजार, पपु कुमारले २० हजार, नरेश साहले १० हजार, नसिम ठकुराईले १५ हजार, सफल रहमानले १५ हजार, अफलातु खाँले १५ हजार, जगरनाथ कुश्वाहाले १५ हजार, शंकर साहले १० हजार, मदन साहले २५ हजार र इम्रोन अंसारीले १५ हजार आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस