आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल र मलेसियाबीच रोजगार सम्बन्धी समझदारीपत्रमा आज (सोमबार) हस्ताक्षर हुने

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ४९० पाठक संख्या

काठमाडौं, कार्तिक १२ : नेपाल र मलेसियाबीच रोजगार सम्बन्धी समझदारीपत्रमा आज (सोमबार) हस्ताक्षर हुने भएको छ । समझदारीपत्र (एमओयू)मा मलेसियाका मानव संशाधन मन्त्री एम.कुलासेगरन र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुने छ ।
श्रम सम्झौताका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन आइतबार नेपाल आइसक्नुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मलेसिया र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर गर्न श्रम मन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिइसकिएको छ । आइतबार नै परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका अधिकारीहरूबीच पनि सम्झौताबारे छलफल भएको छ ।
हस्ताक्षर पश्चात मलेसिया र नेपालका उच्चस्तरका प्राविधिक टोली सम्मिलित कमिटी गठन हुनेछ । उक्त टोलीले एमओयु अनुसार थप अध्ययन गर्न करिब १५ दिनसम्म अवश्यक प्रक्रियाका प्राविधिक काम गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभएको हो । मलेसियाले शून्य लागतमा नेपाली कामदार लैजान सहमति जनाए पनि कुन सिस्टमबाट लैजाने भन्नेबारे अन्योलता चिर्न दुवै देशका सम्मिलित प्राविधिक टोलीले अध्ययन गर्न आवश्यक भएको मन्त्री विष्टको भनाइ छ ।
शून्य लागतसँगै सामाजिक सुरक्षाका विविध पक्षमा हस्ताक्षर हुने मन्त्रालयले जानकारी दिएको छ । सरकारले श्रम कानुनले उल्लेख गरे अनुसार बिमाबारेमा मलेसियालाई सहमति गराउन चाहेको छ ।
सरकारले जेठदेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । स्वास्थ परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी संकलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा वायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाले अवैधरुपमा प्रतिकामदारबाट १७ हजार सात सय रुपैयाँ असुल्न नरोकेपछि सरकारले कामदार पठाउन प्रतिबन्ध लगाएको हो । उक्त शुल्क मलेसियाले नै बेहोर्ने गरी सम्झौता हुन लागेको छ ।

अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस